श्रीकृष्ण जन्माष्टमीले राष्ट्रिय एकतालाई बलियो बनाउछ -राष्ट्रपति भण्डारी

August 30, 2021 12:21 pm

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

राष्ट्रपतिले सन्देशमा यस पर्वले सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छन ।

राष्ट्रपतिको सन्देशमा , ‘यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने लेखिएको छ ।’