सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घट्यो

June 18, 2021 12:14 pm

काठमाण्डौ,असार ४
सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी आज भाउ घटेर तोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । विहिबार चाँदी तोलाको १३ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।