पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जनामा कोरोना पुष्टि, १९० को ज्यान गयो

May 20, 2021 6:35 pm

काठमाण्डौ
पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १९० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । शुक्रवारसम्म देशभर १ लाख १५ हजार ८५२ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ५८४७ पुगेको छ ।