
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल र ओम हस्पिटलबीच हस्पिटलको सेवामा छुट दिने सम्झौंता भएको छ। सम्झौंतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे।सम्झौंतापछि बैंकका डेविट,क्रेडिट र खाता भएका ग्राहक तथा कर्मचारीले अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउनेछन्।