वैशाख २३,चितवन / विजय चौधरी
माछा स्वास्थ्यको दृण्टिकोणले एकदमै राम्रो मानिने गरिन्छ । निरन्तर माछा सेवनले मानिसको मुटुलाई समेत लाभ हुने विभिन्न अध्ययनहरुले देखाएको छ । यहि माछा पालनको लागि अपरिहार्य माछाको आहारको उत्पादनको निमित्त चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ को रायमाझी टोलमा १८ करोडको लगानीमा चितवन सामुदायिक माछा दाना उद्योग प्रा.लि. निर्माण गरि संचालन गरिएको छ ।
नेपाल मत्स्य व्यवसायी संघ केन्द्रिय कार्यसमिती र रत्ननगर उद्योग बाणिज्य संघको पहलमा, नेपाल सरकारको सहयोगमा “एक जिल्ला एक उत्पादन कार्यक्रम” अन्तरगत संचालीत चितवन सामुदायिक माछा दाना उद्योग प्रा.ली. सम्पूर्ण मत्स्य व्यवसायिक किसानहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउदै नेपाल सरकारको उद्देश्य अनुरुप नेपाललाई नै मत्स्यजन्य बस्तुमा आत्मनिर्भर बनाउनका लागि सामुदायिक माछा दाना उद्योगको निर्माण गरिएको छ । यसै बिषयमा रहेर चितवन सामुदायिक माछा दाना उद्योगका प्रा.लि. का प्रबन्ध निर्देशक तथा नेपाल मत्स्य व्यवसायी संघ चितवन जिल्ला कार्य समितिका निवर्तमान अध्यक्ष रमेश पाण्डेसंग रत्ननगर अनलाइन संवाददाता विजय चौधरीले गरेको कुराकानी ।
चितवन सामुयिक माछा दाना उद्योग प्रा.लि निर्माण गर्ने सोच कसरी आयो ?
नेपाल मत्स्य व्यवसायिक अन्तरगर्तको सोच हो यो , यहा कति धेरै मत्स्य किसानहरु माछाको दाना किन्दा ठगिएको छन् , ठगिए पछि आएको सोच हो वास्तवमा । खासमा आयातलाई प्रतिस्थापन गर्दै, निर्यातलाई प्रबद्वन गर्दे नेपालभर रहेका मत्स्य कृषकहरुको संजाललाई संगठित र परिचालित गर्दै गुणस्तरीय एवम् स्वस्थ्यकर माछा कम भन्दा कम लागतमा बृहद माछा उत्पादन तथा सेवा प्रदान गरि राष्ट्रि«य खाद्य सम्प्रभुतालाई सहयोग पुग्ने हेतुले गुणस्तरिय दाना उत्पादन गरि बिक्रि वितरण गर्न साथै नेपाललाई माछामा आत्मनिर्भर बनाई अन्य मुलुकबाट आयातीत माछा लगायत दानाहरु क्रमिक रुपमा कम गराउदै लैजाने उद्देश्यले यो सामुदायिक माछा दाना उद्योग प्रा.लि.को निमार्ण गरिएको हो ।
अर्को ज जस्ले माछा खानु हुन्छ उहाँहरुले स्वस्थ्यकर माछा खान पाउन, हामीले यस प्रा.लि. बाट उत्पादन गर्ने दानामा कुनै पनि प्रकारको विषाधी प्रयोग गर्दैनौ जुन स्वास्थ्यको दृष्टिकोणले नराम्रो होस् । बाहिरी देश भारतबाट आउने माछामा नसड्ने औषधीको प्रयोग हुन्छ, हामीले त्यो माछा खायौ लगातार
खायौ भने त्यसले हामीमा क्यान्सर हुने खतरा बढ्ने जोखिम हुन्छ । विषाधीरहित माछा उत्पादनको लागि पनि यो प्रा.लि. को निर्माण गरिएको हो ।
अब मत्स्य किसानलाई के कति सहुलियत हुन्छ त ?
अब हामिले उत्पादन गरेको दाना माछालाई खुवाउदा एकदमै प्रभाबकारी भएको छ । कायापलट भएको पाईएको छ, जस्तो हिजोको दिनमा एक कुन्टल पनि माछा उत्पादन गर्न गाह्रो हुने मत्स्य कृषक साथीहरुले अहिले यहि दाना खुवाएर दुई कुन्टल माछा उत्पादन गरिरहनु भएको छ । अनि जस्ले हिजोको दिनमा ६५ देखि ७५ रुपैया सम्म भारतीय दाना किनेर माछालाई खुवाई रहनु भएको थियो अहिले त्यो दाना हामीले ५० देखि ५५ रुपैया सम्म उपलब्ध गराई रहेका छौ । र प्रोटिनको प्रतिशतको हिसाबले अहिले हामीसंग ५० देखि ९५ रुपैया सम्म पर्ने दाना उपलब्ध छन् । जुन २८ प्रतिशत प्रोटिन आवश्यक हो । पंगासेस माछाको लागि भनिएको छ, त्यो २८ प्रतिशत भाको दाना हामीले किन्दाखेरीमा त्यो २८ प्रतिशत प्रोटिन पाईरहेका छैनौ । त्यो चाहि २४ प्रतिशत भन्दा छ दै छैन । र हामीले त्यस्तो दानाको लागि बढि पैसा तिरिरहेका छौ यो सबै कुराहरुलाई मध्य नजर गर्दे किसान मारमा नपरुन भनेर माछालाई चाहिने प्रोटिनको ठिक मात्रा राखेर दाना उत्पादन गरिरहेका छौ । यो दाना उद्योगको उत्पादक पनि आफै र प्रयोगकर्ता पनि आफै , लगानी कर्ता पनि आफै र उद्योगबाट आएको मुनाफा पनि आफैलाई । मालिक पनि आफै किसान पनि आफै नै हुन् ।
हाम्रो सोच भनेको यसको आधिकारी बिक्रेता जो हाम्रो शेयर लागानीकर्ताहरु हुनुहुन्छ उहाहरुलाई नै दिने हो एकदमै कम मार्जिन राखेर बाहिरी जिल्लाको हकमा चितवनको हकमा भने हामीले यहि प्रा.लि.बाट नै दाना बिक्र गरि रहेका छौ । अब अरुलाई डिलर दिने बित्तिकै डिलरले प्रत्ति के.जी. ५ देखि ७ रुपैया अरु थप मार्जिन राख्छ त्यसले मर्का पर्ने किसानलाई नै हुने भएकोले हामीले त्यसो गरेका छैनौ यहि नै हो किसानको लागि सहूलियत र यो हाम्रो
दाना शेयर लगानीकर्ताको लागि मात्र नभै अरु सबै मत्स्य किसानहरुले पनि किन्न सक्नु हुनेछ । र यो दाना खुवाई सकेपछि दानामा चाहिएको प्रोटिन आवश्यक मात्रामा रहेको छ र हाम्रो यो दाना खरिद गर्दा कुनै पनि मत्स्य किसान ठगिनु हुन्न् ।
यो प्रा.लि निर्माणमा लागत कसरी जुटाउनु भयो ?
सबै भन्दा पहिले नेपाल सरकारको एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तरगर्त रहेर नेपाल सरकारबाट हामिले २ करोड रुपैया सहयोग प्राप्त ग¥यौ र
पूर्व मेचि देखि पश्चिम महाकाली सम्मको ५३ जना मत्स्य किसानहरुको ८ करोड रुपैया शेयरमा यो चितवन सामुदायिक माछा दाना उद्योग प्रा.लि.को
निर्माण गरिएको हो । अहिले सम्म १८ करोड लगानी भैसकेको छ । २ करोड सरकारबाट सहयोग प्राप्त भयो, ८ करोड रुपैया ५३ जना किसानहरुबाट लागनी भएको हो भने ८ करोड रुपैया हामीले बैंक ऋणबाट लगानी गरेका छौ ।
यस प्रा.लि. को चुनौतीहरु के के छन् ?
पहिलो त द्रुत गतिको दाना उत्पादनको लागि हामिलाई अझै करिब ७ करोड रुपैया लागतको आवश्यक छ । एक हप्ताको लागि करिब ८० लाख रुपैँया बराबरको कच्चा पदार्थको आवश्यक पर्छ । अब एक हप्ताको लागिमात्र कच्चा पदार्थ राख्ने कुरा भएन कम्तिमा एक महिनाको लागि कच्चा पदार्थ चाहियो, सिधा हिसाब गर्दा पनि एक महिनाको लागि हामीले कच्चा पदार्थ राख्नको लागि पनि ३ करोड २० लाख बराबरको कच्चा पदार्थ राख्न पर्ने अवस्था छ । विश्व व्यापी रुपमा प्रभाब पारेको कोभिड १९ को कारणले हामीलाई र हाम्रो यस संस्थालाई पनि एकदमै प्रभाब पारेको छ यो पनि ठूलो चुनौती हो ।
चितवन सामुदायिक उद्योग प्रा.लि. बाट उत्पादित दानाको प्रतिक्रिया बजार कस्तो पाउनु भएको छ त?
अहिले सम्मको बजारको प्रतिक्रिया मैले अघि पनि भने एकदमै राम्रो रहेको छ । हामिले अहिले उत्पादन गरेको दानाले चितवनमा मात्रै पनि पुर्याउन कठिन छ, त्यसैले अब छिट्टै यहि बैशाख महिनाबाट नै तिब्र गतिमा निरन्तर दाना उत्पादन गर्ने योजनामा रहेका छौ । साथै म समग्र मत्स्य किसानहरु माझ के पनि अनुरोध गर्न चाहन्छु भने चितवन सामुदायिक माछा दाना उद्योग प्रा.लि. बाट उत्पादित दाना तपाईले पनि आफ्नो माछालाई खुवाउनु होस, तपाईलाई तपाईको व्यवसायलाई एकदमै फाईदा हुनेछ । अहिले हामीसंग तैरिने र डुब्ने दुई खालको दाना उपलब्ध छ, त्यसको ब्राण्डको नामको लागि अनुरोध गरिएको छ, छिट्टै नै चितवन सामुदायिक माछा दाना उद्योगको दानाको नाम सहितको दाना बजारमा पाउनुहुने छ ।
तपाई नेपाल मत्स्य व्यवसाय संघ जिल्ला कार्य समिति चितवनको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ,आफै व्यवसायि पनि,कुनजातको माछा पाल्दा राम्रो हुन्छ ?
मैले एस.एल.सी दिए देखि एक कठ्ठामा माछा पालनको शुरुवात गरेमा हो, कुमरोज क्षेत्रमा माछा पालनको शुरुवात नै हामिले गरेका हौ माछा पालनलाई कुमरोज क्षेत्रमा व्यवसायिक रुपमा लैजानुपर्छ भनेर लागेको हु । अहिले ८० औ हेक्टर क्षेत्रफलमा माछा पोखरीहरु रहेको छ, धेरैको जिवनस्तर पनि उकासिएको छ ।
यसको विषयमा भन्नुपर्दा मत्स्य किसानहरुलाई म पंगासेस प्रजातीको माछा पाल्नको लागि सुझाब दिन चाहन्छु । किनभने यो प्रजातीको माछा थाईल्याण्डमा भन्नुहुन्छ भने प्रति कठ्ठाको ५० कुन्टल को हाराहारीमा उत्दाजन हुने गरेको छ । त्याहाको टेक्नोलोजी अलग भएको कारणले गर्दा, ढुवानीको तरिका बेग्लै भएको कारणले गर्दा, दानाको प्रकार बेग्लै भएको कारणले गर्दा । र म आफैले पनि ३ कठ्ठामा ५० कुन्टल उत्पादन गरे ६ महिनाको समयमा , त्यो भनेको धेरै हो । ५० क्विन्टल माछा भनेको करिब ३०० को दरले हिसाब गर्ने हो भने पनि १५ लाख बराबरको माछा बिक्रि गरे । त्यहि उत्पादन हेरेर अहिले करिब ७ बिघामा यहि पंगासेस प्रजातीको माछा पालन गरि रहेको छु । र अर्काे कुरा कसैको देखा सिखि गरेर, आफ्नै हिसाबले माछा पालन नगर्न पनि सुझाब दिन चाहन्छु । पहिला बुझ्नुस, तालिम लिनुस, पूरा जानकारी भए पछि बल्ल माछा पालन गर्नुस।