टिभिएस- १६० फोरभी बाइक नेपालमा, मूल्य २ लाख ७९ हजार रुपैयाँ, यस्तो छ विशेषता

August 30, 2018 11:22 am

काठमाडौं।टिभिएसको आरटिआर -१६० फोरभी मोडलको बिक्री सुरु भएको छ।शक्तिशाली यो बाइक १६० सीसीको हो।

टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले शनिबार एक सांगितिक कार्यक्रम गरेर यो बाइकको बिक्री शुभारम्भ गरेको हो।टिभिएस अपाचे आरटिआर सिरिज बजारमा ल्याएको १० वर्ष नवित्दै थप प्रविधिसहितको फोरभी मोडल बजारमा ल्याएको हो।

जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिङ लुकले नेपाली उपभोक्ताको मन जित्ने दाबी गरे।यो बाइक कार्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ।१५९.७ सी सी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ।बाइकमा १६.५ पी एस ८००० आर पीएममा र १४.८ एनएम ६५०० आर पीएममा रहेको छ।

कम्पनीका अनुसार पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ।आफ्नो रेसिङ विरासतलाई कायम राख्नको लागि फोरभी पावोर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा छ।

पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरिएको यो बाइकमा उत्कृष्ट हाइ स्पिड स्टेबिलिटी, बेस्ट इनक्लास अनरअफ ट्रयाक ह्याण्डलिङले सुसज्जित रहेको छ।कम्पनीका अनुसार सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध छ।२ लाख ७९ हजार ९ सय यो बाइक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगमा रहेको कम्पनीले जनाएको छ।