खाद्य संस्थानले माग्यो ३१ फ्रेस कर्मचारी, एसएलसी उत्तीर्णलाई पनि अवसर

August 7, 2018 12:33 pm

काठमाण्डौ । नेपाल खाद्य संस्थानले विभिन्न ५ पदका लागि ३१ फ्रेस कर्मचारी मागेको छ ।
सोमबार पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै संस्थानले सबै पदमा फ्रेस कर्मचारी मागेको हो ।

सातौ तहको वरिष्ठ अधिकृत(प्रशासन) पदमा खुल्लातर्फ २ र महिलातर्फ १ गरी ३ कर्मचारी मागिएको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्णले आवेदन दिनसक्नेछन् ।
यसैगरी, प्रशासन समूहतर्फको छैठौं तहको अधिकृत पदमा दुई खुल्ला, एक महिला र एक आदिवासी जनजाति गरी कुल ४ जना कर्मचारी मागिएको छ । यो पदमा समेत स्नातक उत्तीर्णले नै आवेदन दिनसक्नेछन् ।

यस्तै, पाँचौ तहको वरिष्ठ सहायक(प्रशासन) पदमा खुल्लातर्फ ४, महिलातर्फ १ र आदिवासी जनजातितर्फ १ गरी कुल ६ कर्मचारी मागिएको छ । यो पदमा प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिनसक्ने बताइएको छ ।

पाँचौ तहको मिल अपरेटर पदमा एकजना मागिएको छ । यो पदमा मेकानिकल इञ्जिनियरिंगमा प्रमाणपत्र तह उत्तीर्णले दरखास्त दिनसक्ने छन् ।