धितोपत्र बोर्डमा स्थायी जागिरे हुने अवसर, ५ पदमा दरखास्त आह्वान

August 7, 2018 12:29 pm

काठमाण्डौ । धितोपत्र बोर्डमा जागिर खाने सोंचमा हुनुहुन्छ ? व्यवस्थापन, अर्थशास्त्र, कानूनमा शैक्षिक डिग्री हासिल गर्नुभएको छ भने तपाईको यो सपना साकार गर्ने बेला आएको छ । नेपाल धितोपत्र बोर्डले यिनै बिषयसँग सम्बन्धित १४ जना जनशक्तिलाई स्थायी जागिरका लागि अफर सार्वजनिक गरेको छ । सबैभन्दा धेरै प्रशासन सेवातर्फ तृतीय श्रेणीको अधिकृतका लागि ४ जना र प्रशासन सेवातर्फकै सहायक प्रथम श्रेणीका लागि ५ जना जनशक्ति मागिएको छ ।