बैंकदेखि बिमासम्म जागिरका बग्रेल्ती अवसर, कसले कति कर्मचारी मागे ?

August 6, 2018 1:45 pm

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुमा जागिरको अवसर खुल्ने क्रम जारी छ ।

नेपाल राष्टबैंकले गाउँ गाउँमा बैंक पुर्याउने नीति लिएसँगै बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो सेवा तीव्र गतिमा बिस्तार गरिरहेका छन् । यो क्रममा दिनहुँजसो नयाँ शाखाहरु समेत खुल्ने क्रम समेत उस्तै छ ।

नयाँ नयाँ शाखा खुलेसँगै त्यहाँ निकै ठूलो संख्यामा जनशक्ति आवश्यकता पर्छ । यसैलाई सम्बोधन गर्ने गरी बैंक तथा बित्तीय संस्था दिनहुँजसो जागिरका बग्रेल्ती अवसर खुलाइरहेका हुन् ।

पछिल्लो समय सरकारले अनिवार्य बिमाको नीति लिएपछि बिमा कम्पनीहरु समेत आफ्नो व्यवसाय बिस्तारमा आक्रामक बन्न थालेका छन् । यो क्रममा उनीहरु समेत शाखा बिस्तारमा जुटेका छन् भने भइरहेको जनशक्तिको आकारलाई समेत ठूलो बनाई प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल बनाउने दौडमा होमिएका छन् । यहीकारण बिमा समितिले समेत जागिरका अवसर खुलाउन थालेका छन् ।

अर्कोतर्फ, पछिल्लो समय सर्वसाधारणको सेयरमा लगानीप्रति आकर्षण बढेको छ । सेयरमा लगानी गर्नेहरु बढेसँगै वाणिज्य बैंकहरुले सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंकहरु स्थापना गरेका छन् । मर्चेन्ट बैंकहरुबीच समेत कसले गुणस्तरीय सेवा दिने भन्ने राम्रै प्रतिस्पर्धा देखिन्छ । यहीकारण, मर्चेन्ट बैंकहरुले समेत पछिल्लो समय जनशक्ति माग गर्न थालेका छन् । यसले मर्चेन्ट बैंकमा काम गर्न चाहनेहरुका लागि समेत बग्रेल्ती अवसरहरु खुल्दै गएको छ ।

आज हामी बुधबार मात्र बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीले खुलाएका जागिरको अवसरको बिषयमा जानकारी दिइरहेका छौ ।

बजार र व्यवसाय बिस्तारमा आक्रामक बन्दै गएको एनआइसी एशिया बैंकले काठमाण्डौभित्र र बाहिरका शाखामा काम गर्ने गरी शाखा प्रबन्धकको पदमा दर्जन बढी मागेको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छः