ह्याप्पी बर्थ डे सार्वजनिक

June 2, 2023 4:36 pm

१९ जेठ, रत्ननगर ।
रत्ननगरमा साँढे २ दशक देखि संगीत सिकाउदै आएका उदय मानन्धरको नया सांगीतिक कोसेली ह्याप्पी बर्थ डे आज भिन्तुना कला केन्द्रको यु-ट्युव च्यानलमा सार्वजनिक गरिएको छ । जन्मदिनको विषय टिपेर गीत तयार भएको हुँदा गीत सदावहार हुनेमा मानन्धर ढुक्क छन् । लक्ष्मी मानन्धरको शव्द तथा उदय मानन्धरको संगीत तथा स्वरमा गीत तयार भएको छ ।

गीतको भिडियोमा अन्जित बोहरा र बन्दना विश्वकर्माको अभिनय देख्न सकिन्छ । अभिनयमा अन्य कलाकारहरु टिकाराम लामिछाने, कृपा ओझा, पप्पु कुमार गुप्ता, पुस्कर डल्लकोटी, सानु लामा, सबिना लामा, विष्णु लक्ष्मी मानन्धर, रोहण भुजेल तथा शंकर थापा बिक रहेका छन् । गीतलाई मदन अच्छामीले खिचेका छन् भने चितवनका निर्देशक रामु आचार्यको सम्पादन तथा निर्देशन रहेको छ ।

गीतको लिंक