शान्तिको खोजी मा भटकिदै गरेका आज का मानिस

April 19, 2022 8:42 pm

● लक्ष्मण घिमिरे

के गर्नु धन मात्रै भएर शान्ति छैन भने ? उच्च शिक्षा छ मनमा शान्ति छैन । भौतिक सुविधा सबै छ तर मन अशान्ति छ । जुनसुकै सफलता हात लागोस् मन हुटहुटिन्छ । मन अस्थिर हुन्छ भने मानव जिवन कसरि खुशि हुन सक्छ ? सुखि बन्छ ? समाज चेतनायुक्त तब हुन्छ जब उसले आफू मात्र होइन यो चराचर जगतलाई बुझ्नसक्छ । त्यो कसरि बुझ्ने त ? यसका लागि आध्यात्म ज्यादैनै जरुरी हुन्छ भन्ने कुरो मानिसहरुले बल्ल बुझ्दै आएका छन् । त्यहि आध्यात्मिक ज्ञानको मूल सन्देशका दिन का लागि मेरो ब्यक्तिगत अनुरोध तमाम शान्ति को खोजी मा भटकिरहेका हरुका लागि प्रेरणादायी बनोस यो लेख जस जस ले अभिरुची का साथ पढनु हुन्छ केही न केही ज्ञान अबस्य प्राप्त गर्नुहुनेछ भन्ने आशा छ।आखिर शान्ति को खोजिमा त सबै छन् । सबैलाई शान्ति चाहिएको छ । आध्यात्मिक ज्ञानको खाँचो छ शान्तिकालागि । यस्तो कार्यक्रममा चासो नहुने त कुरै छैन । मानिसमा बिभिन्न कारणले हुने तनावबाट आफूलाई कसरि मुक्त राख्ने ? त्यसका तरिका के के हुन् ? अबलम्बन गरिनुपर्ने उपायहरु कस्ता छन् ? यी लगायत मानव-मानव बीचको सुमधुर सम्बन्धको बिकासमा आध्यात्मवादको महत्व र यसको प्रभावलाई दर्शाउने उदेश्य ले यो लेख तयार पारेको हुँ।

महत्वपूर्ण कुरा के छ भने यो लेख प्रवचन जस्तो मात्र नभै । बरु यस मा कृषि र आध्यात्म को बारे बिस्तृत चर्चा साथै योगको महत्व र तरिकाहरु योगले मानव जीवनमा पार्नसक्ने प्रत्यक्ष असरहरुका बारेमा शिक्षा प्रदान गरेर जागरुक बनाउने अबसर मिलेमा कुनै एउटा कार्यक्रम को आयोजना गरि सहभागिहरुलाई योगाभ्यास समेत गराउने बिचार रहेको जानकारी गराउन चाहन्छु । सो कार्यक्रममा मानव र मानवीय स्वरुपको बनावट, व्रम्हाणीय सृष्टि तथा बाहिरी जगत र आध्यात्म बीचको सम्बन्धका साथै यसले मानव जीवन र समाजमा ल्याउन सक्ने परिवर्तनका बारेमा समेत वैदिक र वैज्ञानिक ढंगबाट प्रष्ट पार्ने । यसप्रकारको कार्यक्रम यदि माग भएको खन्ड मा प्रबास मा रहेको नेपाली समूदायको माझमा पनि गराउने इच्छा रहेको छ। कार्यव्यस्तता र अन्य कारणबाट सिर्जित आन्तरिक तनाव दूर गरी आध्यात्मिक शान्ति प्रदान गर्ने यसप्रकारको कार्यक्रमलाई उदाहरणीय मात्र नभै भावी पिढिका लागि सत्मार्ग देखाउन सहायक हुने भएकाले पनि यो कार्यक्रम आयोजना गर्न चाहनु हुने ब्यक्ती या संस्था लाई हार्दिक अनुरोध गर्दछु ।