काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९१८ जनाको पीसीआर परीक्षणमा ४४३ र १ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४८४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।