भोलिदेखि सर्वोच्च अदालत बन्द हुने

October 6, 2021 1:35 pm

काठमाडौं। बिहीबारदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ। बडा दसैँको अवसर पारेर भोलि (बिहीबार) देखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने भएको हो।

अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी दिएका हुन्। घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख गरिएको छ।