सातौँ राष्ट्रपति रनिङ्गशिल्ड : स्काईराईडर मावि प्रथम

January 31, 2026 7:34 pm

रत्ननगर । रत्ननगर नगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। रत्ननगर नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा स्काईराईडर आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ ।

स्काईराईडर माविले १० स्वर्ण, १४ रजत र १४ कास्य पदकसहित उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको हो। त्यसैगरी जनजागृति माध्यमिक विद्यालयले ९ स्वर्ण, ८ रजत र ६ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेको छ भने नेपाल नमुना माध्यमिक विद्यालयले ८ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित तेस्रो भएको छ ।

समापन कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडाध्यक्ष एवम् नगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताले विद्यालय तहबाटै खेलकुदको विकास र प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले अनुशासन, प्रतिस्पर्धा र खेलभावनाको विकासका लागि यस्ता प्रतियोगिता निरन्तर आवश्यक रहेको बताए ।