रत्ननगरका विद्यालयहरूमा २ दिन गर्मी विदा थप

June 11, 2025 5:47 pm

रत्ननगर, जेठ २८ ।

रत्ननगर नगरपालिकाले बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य र सिकाइमा परेको असरलाई मध्यनजर गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा गर्मी विदा थप गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार २९ र ३० गते दुई दिन विदा घोषणा गरिएको छ। यो विदा बर्षे विदाबाट कट्टा हुनेछ। यसअघि आज २८ गते एक दिनको विदा घोषणा गरिएको थियो, तर मौसममा सुधार नभएपछि विदा थप गरिएको नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले जानकारी दिए। नगरपालिकाले अभिभावकहरूलाई बालबालिकालाई घरमै राखी स्व–अध्ययन गराउने, व्यवहारिक शिक्षा दिने, घरबाहिर नखेल्ने, प्रशस्त पानी पिउने र स्वास्थ्यप्रति सचेत रहन अनुरोध गरेको छ।