माधवपुर गोल्डकप: अभिषेक चर्च फाइनलमा

May 28, 2025 8:57 pm

रत्ननगर, जेठ १४ ।

दोस्रो माधवपुर गोल्डकप २०८२ को पहिलो सेमिफाइनलमा अभिषेक चर्च रजहरले हेटौडा फुटबल एकेडेमीलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। बुधबार माधवपुर खेल मैदानमा भएको खेलमा निर्धारित समयमा गोल नभएपछि ट्राइब्रेकरमा अभिषेकले ७-६ को जित निकाल्यो। दुवै टिमले गोल गर्ने अवसर पाए पनि कुनै गोल हुन सकेन। ट्राइब्रेकरमा अभिषेकका गोलकिपर अनुप राना मगरले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बने।

बिहीबार हुने दोस्रो सेमिफाइनलमा एपीएफ र न्यु पञ्चदिप युवा क्लब सालघारी खेल्नेछन्। फाइनल खेल जेठ १७ मा हुनेछ। प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष मेडल दिइनेछ।

प्रतियोगिताको मुख्य प्रायोजक एकपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज हो। म्यान अफ द म्याच पुरस्कार टाँडी रत्ननगर पोलिक्लिनिकले प्रायोजन गरेको छ भने आकस्मिक उपचार सेवा मौलाकालिका अस्पताल भरतपुरले उपलब्ध गराएको छ।