रत्ननगर वडा नं. १ मा एमालेको जरा अभियान : अग्रज सम्मान र नयाँ प्रवेशी स्वागत

May 13, 2025 1:39 pm

रत्ननगर, बैशाख ३० ।

नेकपा एमाले रत्ननगर वडा नं. १ कमिटीले आयोजना गरेको जरा अभियानअन्तर्गत अग्रजलाई सम्मान र नयाँ प्रवेशीलाई स्वागत गरिएको छ । कार्यक्रममा लामो समयदेखि पार्टीमा क्रियाशील रहँदै आएका पूर्व बागमती प्रदेश सदस्य तथा सल्लाहकार राधाकृष्ण शर्मा पौडेललाई सम्मान गरिएको छ।

प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री जेएन थपलिया र केन्द्रीय सदस्य कपिलदेव पोखरेलले पौडेललाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

सोही अवसरमा वडा नं. १ का युवा नेता दिनेश सापकोटाले अन्य पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन्। उनलाई टीका, अबिर र खादा लगाएर पार्टीमा स्वागत गरिएको वडा कमिटी अध्यक्ष तुलसी गिरीले जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेश सदस्य तथा नगर इन्चार्ज टीका पौडेलले राधाकृष्ण पौडेलको जीवनी र योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश सदस्य तथा अभियान संयोजक बिमला दुवाडीले गरेको थिइन् भने स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज पुष्प जोशीले राखेका थिए । कार्यक्रमको संचालन वडा अध्यक्ष तथा अभियान सचिव तुलसी गिरिले गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरू नारायण वन,राजाराम रेग्मी,लक्ष्मी कोइराला,जिल्ला कमिटी सहसचिव ज्वाला पुरी वन, सचिवालय सदस्य प्रताप डल्लाकोटी, प्रदेश विभाग सदस्य खगेन्द्र पौडेल, नगर कमिटी अध्यक्ष इश्वरी अर्याल, लेखा सदस्य सबिन रेग्मी, अनेमसङ्घ जिल्ला कमिटी सचिव संगीता खनाल, उपसचिव सबिता चौधरी, सदस्यहरू रवि तिमिल्सिना, तारा पौडेल, सुनिता कुँवर लगायत नगर र वडास्तरीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।