बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

May 5, 2025 6:08 pm

रत्ननगर, बैशाख २२ ।

बागमती प्रदेश सरकारले बैशाख २४ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौंडाले जारी गरेको सूचनामा बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत्र २१ गते प्रकाशित सूचनाको आधारमा बैशाख २४ गते बिदा दिने निर्णय गरिएको उल्लेख छ।