रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’बाट सम्मानित

May 4, 2025 4:08 pm

रत्ननगर, बैशाख २१ ।

ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले रक्तदान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भारतमा ‘अन्तर्राष्ट्रिय रक्त क्रान्तिवीर विरांगना सम्मान’ प्राप्त गरेका छन्। प्रगती फाउण्डेसन द्वारा उत्तर प्रदेशमा आयोजित द्वितीय अन्तर्राष्ट्रिय रक्तक्रान्ति सम्मान समारोह २०२५ मा उनलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो। रत्ननगर वडा नम्बर १५ का स्थायी बासिन्दा नेपालले लामो समयदेखि रगत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनले हालसम्म ४६ पटक रक्तदान गरिसकेका छन्। आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाललाई यो सम्मान प्रदान गरिएको उनले बताए ।