पत्रकार हत्या र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध रत्ननगरमा प्रदर्शन

March 30, 2025 11:28 am

रत्ननगर, चैत १७ ।

पूर्वी चितवनका पत्रकारले काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा आज प्रदर्शन गरेका छन् । शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो । उक्त घटनाको विरोधस्वरुप आज बिहान रत्ननगरको सौराहा चोकमा पत्रकारहरुले हातमा कालो पट्टी र प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा पत्रकारहरुले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका प्ले कार्ड बोकेका थिए ।