
१५, चैत, काठमाण्डु । काठमाण्डुमा आज दिउँसो भएको राजावादीहरूको प्रदर्शन अन्तर्गत तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका उनको ज्यान गएको हो । त्यस्तै कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको समेत मृत्यू भएको छ, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार उनलाई घाँटीमा गोली लागेको थियो ।
दिनभर शहर तनाबग्रस्त भएको भन्दै प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।