रत्ननगरका विपन्न परिवारको स्वास्थ्य बीमा सुचारु

March 27, 2025 7:05 pm

रत्ननगर, चैत्र १४ ।

रत्ननगर नगरपालिकाले बिपन्न परिवारको स्थगित स्वास्थ्य बीमा कार्यक्रम सुचारु गरेको छ । नगरपालिकाले बिहीबार सुचना जारी गरेर बिपन्न परिवारको स्वास्थ्य बीमा सुचारु गरेको जानकारी दिएको हो । आज बसेको कार्यपालिकाको बैठकले स्थगित बिमा कार्यक्रम सुचारु गर्ने निर्णय गरेको नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।