
रामु आचार्य , १० चैत, काठमाडौं । इशान किसनको अविजित १ सय ६ रनको मद्धतले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा हैदरावादले विजयी सुरुवात गरेको छ । आज सम्पन्न आईपिएल क्रिकेटको दोश्रो खेलमा राजस्थान रोयल्स विरुद्ध जीत निकालेको हो । टस जितेर फिल्डिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ सय ८७ रनको लक्ष्य पाएको थियो । हैदरावादका लागी अविशेक शर्माले २४, ट्रेबिस हेडले ६७, नितिश कुमारले ३० त्यस्तै हेनरिक क्लासेंनले २४ रन बनाए ।
राजस्थान रोयल्सका लागी संजु सामसनले ६६, सिम्रन हेटमायरले ४२, शुभम दुवेले अविजित ३४ त्यस्तै ध्रुब जुरेलले आक्रामक ७० रन बनाए पनि जीतका लागी पर्याप्त हुन सकेन । राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय ४२ रन मात्र बनाउन सक्यो ।
आजको दोश्रो तथा जारी सिजनको तेश्रो खेलमा अहिले मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेलिरहेका छन् ।