एमाले रत्ननगर १ को अध्यक्षमा तुलसी गिरी

March 23, 2025 9:09 am

रत्ननगर, चैत १० ।

नेकपा एमाले रत्ननगर वडा नम्बर १ को अध्यक्षमा तुलसी गिरी चयन भएका छन् । शनिबार विशेष भेला गरेर गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । १७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा मिरा सापकोटा, सचिवमा बाबुराम श्रेष्ठ, उपसचिवमा महेन्द्र चौधरी र मिना खनाल चयन भएका छन् । समितिको सदस्यहरुमा राजु गिरी, सुन्दर अधिकारी, टोप बहादुर सिल्वाल, सरस्वती खत्री, झलक सापकोटा, किरण कुँवर, देवराज रोक्का, रोशिना श्रेष्ठ, भक्तकुमारी कार्की, उद्धव कुँवर र कृष्ण पाध्या रहेका छन् ।