
६ चैत, रत्ननगर । रत्ननगर नगरपालिकाको मेनरोड टांडी बजारमा क्यालिभर कम्पनीको शुजको शो रुम
“फ्रेण्डस फ़ुडवेयर एण्ड क्यालिभर शुज शो रुम” आज बाट संचालनमा आएको छ । नेपाल मै उत्पादित चर्चित क्यालिभर कम्पनीका जुत्ता चप्पल नेपाली उपभोक्ताले मन पराउने संचालक सुगम तिवारी बताउछन । पछिल्लो समयमा बढ्दो विदेश मोहलाई आफुहरुले अस्विकार गर्दै व्यवशाय संचालनमा ल्याएको अर्का संचालक शुशिल चौधरीको भनाई थियो ।
बच्चा देखी वृद्ध सम्मलाई हुने थरि थरि डिजाईनका जुत्ता चप्पल सुपथ मुल्यमा उपलव्ध गराउने उद्धेश्यले व्यवशाय स्थापना गरिएको हो । सप्ताहव्यापी रुपमा सुरु भएको शुभारम्भ कार्यक्रम आगामी ६ दिन सम्म चल्ने र शुभारम्भको अवसरमा हरेक जुत्ता चप्पलमा १० प्रतिसत छुटको व्यवस्था गरिएको संचालकद्वय तिवारी र चौधरीले जानकारी दिए ।