रत्ननगरका विपन्न परिवारको स्वास्थ्य बीमा स्थगित

March 18, 2025 3:42 pm

रत्ननगर, चैत्र ५ ।

रत्ननगर नगरपालिकाले बिपन्न परिवारको स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गरेर बिपन्न परिवारको स्वास्थ्य बीमा स्थगित गरेको जानकारी दिएको हो । बिपन्न परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा बिनियोजित बजेटबाट बीमा कार्यक्रम सम्पन्न भएको र बिनियोजित रकम खर्च भइसकेकोले अर्को व्यवस्था नभएसम्मको लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको सुचनामा उल्लेख छ । स्वास्थ्य बीमा स्थगित गरिएको विषयमा नगर प्रमुख प्रलाद सापकोटा संग जिज्ञासा राख्दा ३ महिना भित्र रकम व्यवस्थापन गरेर पुनः सुरु गरिने जानकारी दिए ।