जंगली हात्ती व्यवस्थापनको विकल्प सहित संघर्ष समितिले ज्ञापनपत्र बुझाउने

March 15, 2025 6:40 pm

रत्ननगर, चैत २ ।

हात्ती व्यवस्थापन संघर्ष समिति रत्ननगर वडा नम्बर ७ ले जिल्ला प्रशासन कार्यालय चितवन र रत्ननगर नगरपालिकालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । रत्ननगरको निकुञ्ज आसपासका वडाहरुमा जंगली हात्तीले दुःख दिन थालेपछी संघर्ष समितिले हात्ती व्यवस्थापनको विकल्प दिंदै ज्ञापन पत्र बुझाउन लागेको समितिका संयोजक सरद कुमार महतोले जानकारी दिए । पछिल्लो समय जंगली हात्तीले वडा नम्बर ५, ६, ७ र ८ मा बालीनाली र मानविय क्षती समेत गरेकोले संघर्ष समितिले शनिबार बैठक बसेर हात्ती व्यवस्थापन गर्न माग गर्दै नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । समितिले यसअघी वडा कार्यालय र सम्बन्धित संघ संस्थालाई ज्ञापन पत्र बुझाइसकेको छ । बैठकले हात्ती व्यवस्थापनको लागी हात्ती प्रजनन केन्द्रको उत्तर तर्फको भूभाग उपयुक्त रहेको निर्णय गरेको छ ।