क्रिस्टलको गहना बनाउने २५ दिने तालिम सम्पन्न

March 11, 2025 7:53 pm

रत्ननगर, फागुन २७ ।

 

महिलाहरूलाई सीप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ रत्ननगर नगरपालिकाले आयोजना गरेको क्रिस्टल पोतेको गहना बनाउने २५ दिने तालिम सम्पन्न भएको छ । समवृद्धि सेवा केन्द्र काठमाण्डौको प्राविधिक सहयोगको कार्यक्रम गरिएको महिला महिला,बालबालिका तथा ज्येष्ठ नागरीक शाखा प्रमुख दिपा घिमिरेले जानकारी दिइन् । महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको घिमिरेले बताइन । २१ जनाको सहभागिता रहेको तालिममा समवृद्धि सेवा केन्द्रकी लिला गौतमले प्रशिक्षण दिएकी थिइन् ।तालिम समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेल, वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापाले तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।