
राप्ती । नेकपा एकीकृत समाजबादी राप्ती वडा नं ५ वडा कमिटीको अध्यक्षमा प्रविण खनाल चयन भएका छन् । सोमबार सम्पन्न वडा कमिटीको दोस्रो अधिबेशनले खनालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा भूपेन्द्र दुलाल, सचिवमा निशा परियार सहित ३५ सदस्यीय कमिटी गठन गरिएको हो ।
वडा अधिवेशनको सो पार्टीका पोलिटव्यूरो सदस्य डा.कृष्णराज पन्तले उद्घाटन गरेका थिए । सो अबसरमा उनले राप्तीमा स्थानीय सरकारलाई एमालेले काम गर्न नदिएको भन्दै ढुक्क भएर नगरबासीको हितमा काम गर्न आग्रह गरे । राप्तीमा समाजबादीबाट विजयी भएका मेयर सहितका जनप्रतिनिधिलाई अफ्ठयारोमा पार्ने काम एमालेबाट भएको भन्दै उनले एमालेले राजनीतिक संस्कार विर्सिदै गएको टिप्पणी गरे । राप्तीका मेयर शमशेर लामाले पार्टीको सिर उच्च राख्ने गरी राप्तीमा आफुले काम गरिरहेको बताए ।
सीमान्तकृत, गरिव तथा विपन्न समुदायको शिक्षा, स्वास्थ्य, आयआर्जन र रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ । सो पार्टीका नगर अध्यक्ष आरके पण्डितले सञ्चालन गरेको सो कार्यक्रममा एकीकृत समाजबादीका जिल्ला इन्चार्ज अशोक थापा, केन्द्रीय सल्लहाकार बाबुराम पाठक, एकीकृत समाजबादीका जिल्ला सचिव हेमन्त कँडेल लगायतले मन्तव्य राखेका थिए ।
राप्तीका पुराना नेता फडिन्द्र पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य सरस्वती लामाले स्वागत मन्तव्य राखेकी थिइन् । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एउटै वडाका ४० जना समाजबादीमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि डा.पन्तले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।