थारु पत्रकार संघको केन्द्रिय अध्यक्षमा चितवनका सन्तकुमार चौधरी चयन

March 9, 2025 8:04 am

रत्ननगर, फागुन २५ ।

थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि चौधरी संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

यसैगरी संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, संघको महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो निर्वाचित भएका हुन् ।

यसैगरी संघको सदस्यमा मिनादेवि विश्वास र सम्भुप्रसाद चौधरी निर्वाचित भएका छन् भने थप सदस्य कार्यसमितिको वैठक बसेर मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष चौधरीले जानकारी दिए । संघलाई चलायमान र त्रियाशील बनाउन विविध कार्यक्रम गर्ने, संघको पहिलो बैठकबाट आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उहाँको प्रतिवद्धता छ । अध्यक्षमा निर्वाचित भएपछि धन्यवाद दिंदै नवनिर्वाचित अध्यक्ष चौधरीले संघको कामलाई चुस्त बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।