
चितवन । भारतको टाइल कम्पनी, कजरिया टाईल्सले चितवनको भरतपुर स्थित बिकाश चोकमा शोरुम उद्घाटन गरेको छ । मध्यनेपालकै ठुलो दावि गरिएको उक्त शोरुमको उद्योग बाणिज्यसँग चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ तथा कजरिया ब्राण्ड नेपालका प्रमुख प्रविण सिंहले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । भरतपुर महानगरपालिका वडा नंम्बर ७ बिकाश चोकमा पशुपति ग्रेनाईट एण्ड टायल्स सप्लायर्समा कजरिया ब्राण्डको शोरुम सञ्चालनमा ल्याईएको हो ।
भारतको नम्वर वान टायल्स कम्पनी भएकाले टायल्सलाई इञ्जिनियर, निर्माण व्यावसायिक, इन्टेरियर डिजाइनर तथा ग्राहकहरूद्धारा अत्यधिकरुपमा रुचाइएको छ । यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । एउटै छानामुनि ग्राहकहरूले बिभिन्न सिरिज र ‘लाइभ मक–अप’ बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको सञ्चालक नवराज पोख्रेलले जानकारि दिनु भयो ।
साथै कजारिया टाईल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित ‘ द स्टेट अफ द आर्ट कन्टिन्युए टेक्नोलोजी’ प्रयोग गर्दै, कम्पनीले उद्योगमा नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठुला टाइल स्ल्याबहरू उत्पादन गर्दै आएकोमा सोहि अनुसारको टायल्स तथा ग्रेनाईन उक्त शोरुममा पाईने अर्का सञ्चालक मोहन पोख्रेलले जानकारि दिनु भयो ।
प्रत्येक टाइलले खाली ठाउँमा सुन्दरता साथै कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउने कम्पनीका मार्केटिङ म्यानेजर बिकाश गौतमले बताउनु भयो । चितवनका दुई दाजु भाई मोहन पोख्रेल र नवराज पोख्रेलले १० करोडको लगानीमा पशुपति टायल एण्ड ग्रेनाईट सप्लायर्स सञ्चालन गरेका हुन ।