बजार बिक्री प्रतिनिधि संघ नारायणीको साधारण सभा सम्पन्न

March 3, 2025 5:52 pm

रत्ननगर, फागुन १९ ।

नेपाल बजार बिक्री प्रतिनिधी संघ नारायणी क्षेत्रीय समितिको साधारण सभा एवंम बनभोज कार्यक्रम गरिएको छ । संघको शनिबार भरतपुरमा प्रथम साधारण सभा तथा बनभोज कार्यक्रम गरिएको हो । कार्यक्रमका बोल्दै प्रमुख अतिथी संघका केन्द्रिय महासचिव रमेश नेपालले संघले वर्तमान समयमा बजारमा देखिएको समस्या र चुनौतीलाई पहिचान गर्दै योजना बनाएर अघी बढ्नु पर्ने बताए । उनले संस्थामा आवद्ध सम्पूर्ण सदस्यलाई इमान्दार भएर काम गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा संस्थाले गरेको गतिविधिको बारेमा संस्थाका सहसचिव रामु पौडेलले जानकारी गराएका थिए । संस्थाले यो आर्थिक बर्षमा रक्तदान कार्यक्रम,मानव सेवामा आश्रीतलाई भोजन,क्यान्सर पिडितलाई सहयोग लगायतको कार्यक्रम गरिएको पौडेलले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष छन्दराज अर्यालले संस्थामा आवद्द सदस्यको परिवारलाई अस्पतालमा उपचार गराउदा रगत आवश्यक परेको खण्डमा निःशुल्क उपलब्ध गराउने घोषणा गरे । उनले संस्थाले निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्ने योजना रहेको पनि जानकारी दिए ।

कार्यक्रममा केन्द्रिय अनुशाशन तथा सुपरिवेक्षण समितिका सदस्य पुष्पराज अधिकारी, शुभ थपलिया, केन्द्रिय सल्लाहाकार समिति सदस्य किरण अधिकारी, बिमल घिमिरे, केन्द्रिय लेखा समिति सदस्य चेतन शर्मा, मदिरा तथा प्रोभिजनल व्यवसायी संघका अध्यक्ष राम बस्नेत, होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट, नवलपुर वितरक संघका उपाध्यक्ष लोकस भुषाल, पूर्वी नवलपुर वितरक संघका अध्यक्ष जित बहादुर खनाल, नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघका उपाध्यक्ष मुक्ती अधिकारी, नाम्स नारायणीका संस्थापक अध्यक्ष दिनेश रिजाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संयोजक सुदिप अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिले बोलेका थिए ।