रत्ननगर, फागुन १८ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा रहेको बजाज शोरुममा आगलागी भएको छ । आइतबार बिहान करिब ३ बजेको समयमा लागेको आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको संचालक संजिब थापाले जानकारी दिए । विद्युत सर्ट भएर लागेको आगलागीले शोरुममा रहेको ल्यापटप, पंखा, फर्निचर लगायतका महत्वपूर्ण सामानहरु जलेर नष्ट भएको उनले बताए । रत्ननगर नगरपालिकाको कार्यालयबाट नजिकै रहेको सोरुममा नगरपालिकामा बारुण यन्त्र नहुँदा स्थानिय र प्रहरीको सहयोगमा ढिलो गरी आगो नियन्त्रणमा आएको थियो । बारुण यन्त्र भएको खण्डमा धेरै क्षती हुन बाट जोगिने स्थानिएको भनाई थियो । उनिहरुले नगरपालिकाको कार्यालयमा बारुण यन्त्र अनिवार्य हुनुपर्ने माग समेत गरेका छन् ।