रत्ननगर नगरपालिका लिजा र वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लामै प्रथम

February 19, 2025 5:53 pm

रत्ननगर, फागुन ७ ।

चितवनको स्थानीय तह रत्ननगर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) र वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लामै प्रथम भएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये वित्तीय सुशासन जोखिम मूल्याङ्कन र संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ठ अंक हासील गर्दै रत्ननगर नगरपालिका जिल्लामै प्रथम भएको हो।

रत्ननगरले लिजामा ९९ दशमलव २५ अंक र वित्तीय शुसासन जोखीम मूल्याङ्कनमा ९५ दशमलव ५ अंग प्राप्त गर्दै जिल्लामै प्रथम भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार अघिल्लो आर्थिक बर्षको नतिजा सुधार गर्दै रत्ननगर प्रथम भएको हो । अघिल्लो आर्थिक बर्षमा रत्ननगरले लिजामा ९८ अंक र वित्तीय शुसासन जोखीम मूल्याङ्कनमा ८३ अंग प्राप्त गरेको थियो ।

रत्ननगर नगरपालिकामा मेयर प्रलाद सापकोटाले संघीय सरकारले कानुन र स्थानीय सरकार सञ्चालन ऐनको परिधिमा बसेर काम गरेकै  उत्कृष्ट हुन सफल भएको बताए । काम गरे अनुसारको नतिजा आएको छ उनले यो नजिताले हामीलाई नगर विकास र नगरबासीको हितमा काम गर्ने हौसला प्रदान गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साले कार्यप्रगतिका आधारमा मन्त्रालयले गरेको लिजा र एफआरएमा जिल्लामै उत्कृष्ट नगरपालिकाको रुपमा चित्रण हुँदा खुसीसंगसंगै काम गर्ने हौसला थपिएको बताए । नगर विकासका लागि मसिनो तरिकाले काम गरेका थियौं उनले भने नतिजा सोही अनुसार आएको छ, यो नजिता नगर र नगरबासीको लागि सकरात्मक हो । उनले उत्कृष्ट नतिजा ल्याउन प्रयत्न गर्नुहुने जनप्रतिनिधि,कर्मचारीहरुप्रति आभार प्रकट गर्दै नगरबासीहरुमा खुसी साटेका छन् ।

रत्ननगरमा लिजाको स्रोत व्यक्तिको रुपमा प्रशासन शाखा प्रमुख सविता अर्याल, एफआरएको स्रोत व्यक्ति लेखा अधिकृत कृष्णप्रसाद सुवेदी रहेका छन् भने डकुमेन्टेशन, फाइल अपलोड तथा प्राविधिक व्यवस्थापनमा सुचना प्रविधि अधिकृत सुजन अर्याल भूमिका खेलेका थिए ।