कंकाली मन्दिरको प्रवर्द्धनका लागि ‘कालो कमिलाको कोसिस’

February 10, 2025 10:25 am

चितवन माघ २६ – “जय कंकाली माता” बोलको भजन सार्वजनिक गरिएको छ। स्थानीय धार्मिक शक्तिपीठको प्रवर्तन र संरक्षणमा भजन तयार पारिएको हो। भजनलाई कालो कमिला युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

नारायण प्रसाद न्यौपानेको परिकल्पना तयार भएको भजनमा अनिल कुँवरको शब्द रहेकाे छ। भजनको संगीत तीर्थराज पोखरेलले तयार पारेका हुन्। राष्ट्रिय गायक राज सिग्देल, तीर्थराज पोखरेल, विपिन घिमिरे, राधिका भण्डारी, र शिला बिष्टको स्वर भजनमा सुन्न पाइन्छ।

चैनपुर चितवनमा रहेको कंकाली मन्दिरको प्रचारप्रसार गर्न उद्देश्यले भजन तयार पारिएको हो। भजनले स्थानीय शक्तिपीठ प्रवर्तनमा सहयोग पुर्याउने कालो कमिला समूहले विश्वास लिएको छ।

यसअघि कालो कमिला युट्युब च्यानलबाट “जय होस्, विजय होस्” गीत सार्वजनिक भइसकेको छ। प्रेमिल भावमा तयार पारिएको “तिम्रो मायामा” गीत अहिले पनि चर्चामै छ। कालो कमिला युट्युब च्यानले अन्य श्रव्यदृश्य सामग्रीहरू पनि विभिन्न समयमा सार्वजनिक गर्दै आएको छ ।