रत्ननगरबाट चोरी गरेको आरोपमा ५ जना पक्राउ

February 7, 2025 4:17 pm

रत्ननगर, माघ २५ ।

प्रहरीले रत्ननगरबाट चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर को विभिन्न ठाउँबाट चोरी गर्ने ५ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले माघ २३ गते राती वडा नं. ९ बाट स्कारपियो गाडीको ह्लिल कभर चोरी गरेको आरोपमा सोही वडाका रोशन खान र सन्तोष घले लाई बिहिबार नियन्त्रणमा लिएको हो । यस्तै माघ २० गते राती वडा नम्बर २ बाट बा.प्र.०३-००१ ह १६२५ नम्बरको अटो चोरी गरे फरार रहेको आरोपमा माघ २१ गते भरतपुर वडा नम्बर १ बाट झापा बिर्तामोडका वर्षराम तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै माघ २० गते बिहान रत्ननगर वडा नम्बर १ बकुलहरमा रहेको सरस्वती मन्दिरको दान पेटिका फुटाएर नगद दश हजार रुपैयाँ चोरी गरेर फरार बारा करैयामाई वडा नम्बर ३ बस्ने २५ बर्षिय मनोज पासवान लाई सोही जिल्लाबाट २२ गते नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै २३ गते दिउसो रत्ननगर वडा नं. १ बकुलहर चोक मा रहेको सालिकग्राम रेग्मीको फेन्सी पसलको काउन्टर बाट नगद आठ हजार रुपैयाँ चोरी गरेको आरोपमा रत्ननगर वडा नम्बर २ बस्ने किसन शाह, सुमन मगर र अभिषेक बि.क. लाई सोही दिन साँझ नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टॉडीमा राखिएको प्रहरीले बताएको छ ।