एमाले रत्ननगरको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

February 2, 2025 8:26 pm

रत्ननगर, माघ २० ।

नेकपा एमालेको रत्ननगर नगर कमिटीको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार रत्ननगरमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्षमा केशब आचार्य, इश्वरी प्रसाद अर्याल, लोकराज भुषाल र भवानी अधिकारी रहेका छन् । यस्तै उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदका लागि उमेदवारी दिनेहरुमा ऋतु गिरी, रबिन्द्र दवाडी, शम्भु भक्त थपलिया, राममणी थपलिया र आषिक तामाङ रहेका छन ।

सचिवमा इन्द्रवहादुर भण्डारी, सागर मिश्र र शालिग्राम पराजुलीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यस्तै उपसचिवमा सबिता चौधरी, चन्द्रिका महत केसी, बालकृष्ण(राजु) भट्टराई र इन्द्र केसीले उम्मेदवारी दिएका छन् ।

साँझ सम्म चलेको उम्मेदवारी मनोनयन सकिएपछि सहमती प्रयास गरिएको रत्ननगरका एमाले नेता प्रताप डल्लाकोटीले जानकारी दिए । सबै पदमा सर्वसम्मत गर्ने प्रयास भएको र सर्वसम्मत चयन गर्न नसकिएको पदमा निर्वाचन हुने उनले बताए ।

अन्य पदमा कस–कसले दिए उम्मेदवारी ? (तालिका सहित)