
रत्ननगर । नेकपा एमाले रत्ननगर नगरकमिटीको १०औं नगर अधिवेशन भोली माग १९ र २० गते हुँदैछ । रत्ननगर वडा नं १ सौराहाचोक स्थित होटल गंगोत्री हाइवेमा हुने अधिवेशनको एमालेका बरिष्ट उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले उद्घाटन गर्नेछन् । नगरकमिटीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको उद्घाटनलाई भब्य बनाउने गरी तयारी पुरा भएको जनाएको छ । अधिवेशन उद्घाटन पूर्व टाँडी बजारमा विशाल ¥याली निकालिने छ । वडा कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्यालले अधिवेशनमा ३०० प्रतिनिधि सहभागी हुने जानकारी दिए । वडातहबाट छनौट भएर आएका प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने र उद्घाटनमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ता सहभागी हने जानकारी दिए । अधिवेशनको बन्दसत्रमा रत्ननगरमा एमालेको इतिहास देखि राजनीतिक कार्यदिशा तय गर्दै आगामी निर्वाचनमा हित हासिल गर्ने गरी रणनीति तयार गरिने नगर अध्यक्ष अर्यालले बताए । एमालेलाई पुरानै अबस्थामा फर्काउने गरी कार्यदिशा तय उनको भनाई छ । निर्विरोध नगर कमिटी चयन गर्ने गरी एमाले रत्ननगरले प्रयास सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य प्रभा बरालले सर्वसम्मत नगर कमिटी चयन गर्ने गरी प्रयास जारी रहेको बताइन् । अहिले एमालेलाई पुरानै अबस्थामा फर्काउने गरी काम गर्नुपर्ने जिम्मेवारी सबैमा छ उनले भनिन् सबैलाई चित्त बुझाएर सर्वसम्मत कमिटी चयन गर्ने प्रयास हुने छ । भूगोलमा रहेका नेताहरुलाई आवश्यकताका आधारमा जिम्मेवारी प्रदान गर्ने गरी इच्छाप्रकट गर्नुहुने नेताहरुको चित्त बुझाएर कमिटी गठन गरिने छ । एमालेलाई चौतर्फी आक्रमण भइरहेको बेला पार्टी भित्रको एकतालाई मजबुत बनाउदै नगर अधिवेशनलाई सानदार बनाइने उनको भनाई छ । नगर अधिवेशन सम्पन्न गर्न ५९९ मुल व्यवस्थापन समिति र १० वटा उपसमिति गठन गरिएको छ । नगर कमिटी उपसचिव सागर मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित ७५ सदस्यीय नगरकमिटी चयन गर्ने छ ।