रत्ननगरको कामना र अबिरल सहकारी संस्था बीच एकीकरण 

January 29, 2025 5:30 pm

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं २ मा रहेका कामना बचत तथा ऋण सहकारी संस्था र अविरल बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण गरिएको छ । कामना र अबिलर एकीकरण भइ कामना अबिरल बचत तथा ऋण सहकारी संस्था नामाकरण गरिएको छ ।

बुधबार सहकारी एकीकरण घोषण सभा गरी दुई सहकारी एक भएको घोषणा गरिएको हो । २०६५ सालमा स्थापना भइको कामना बचत तथा ऋण सहकारी संस्थामा ६ हजार ४३६ र २०७७ साल अविरल बहुउद्देश्यीय सहकारी संस्थामा ९४० जना शेयर सदस्य रहेको कामनाका व्यवस्थापक ओमप्रकास गुप्ताले जानकारी दिए । घोषण सभामा कामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपकचन्द्र शर्माले बचत तथा ऋण सहकारी संस्था बीचको एकीकरणले आर्थिक स्थायित्व, पारदर्शीता र सेवा विस्तारमा सकरात्मक प्रभाव पर्ने भन्दै उनले सफलताको लागि शेयर सदस्यहरु बीच सहमती प्रभावकारी व्यवस्थापन र सहकारी सहजीकरण आवश्यक रहेको बताए ।

कामना र अविरल एकीकरण गरी तत्तकालको लागि ज्ञानबहादुर विसुराल अध्यक्ष रहेको तदर्थ सञ्चालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सीतादेवी शर्मा, सचिवमा सुर्यप्रसाद लामिछाने, कोषाध्यक्षमा टेकनाथ अधिकारी र सदस्यहरुमा झनक प्रसाद पौडेल, राजुकमार ढकाल, इन्दु तिवारी, हरिकृष्ण खनाल, शिवराज मैनाली, उर्मिलादेवी पोखरेल र विरन्जना सापकोटा घिमिरे चयन भएका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा संदिप बराकोटी र सदस्यहरुमा रमेश चौधरी र अपिल अधिकारी रहेका छन् । सहकारी एकीकरण घोषणा सभामा तदर्थ सञ्चालक समिति समेत घोषणा गरिएको हो । ६ महिनापछि संस्थाको विशेष अधिवेशन गरी सञ्चालन समिति निर्माण गर्ने सहमती गरी तदर्थ सञ्चालक समिति बनाइएको हो ।

रत्ननगर नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे प्रमुख अतिथि रहेको घोषणा सभामा अविरलका लेखा समिति संयोजक तेजेन्द्रनाथ लामिछानेले आन्तरिक लेखा परीक्षण प्रतिबेदन, सोही संस्थाकी कोषाध्यक्ष विरन्जना सापकोटा घिमिरेले आर्थिक प्रतिवेदन, कामनाका कोषाध्यक्ष टेकनाथ अधिकारीले सोही संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कामनाका अध्यक्ष शर्मा र अबिरलका अध्यक्ष विसुरालको सयुक्त अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ की वडा सदस्य रमादेवी भट्टराई, जिल्ला सहकारी संघका बरिष्ट उपाध्यक्ष प्रेमनाथ दुवाडी, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सल्लहाकर एकनारायण पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अबिलरका सचिव रघुनाथ भट्टले सञ्चालन गरेका थिए ।