रत्ननगर । भूमि समस्या समाधन आयाेग चितवनकाे अध्यक्षमा इमानसिंह लामा नियुक्त भएका छन् । साेमबार सम्पन्न नेपाल सरकारकाे मन्त्रिस्तरीय बैठकले उनले आयाेगकाे जिल्ला अध्यक्षमा नियुक्त गरेकाे हाे । राप्ती नगरपालिका वडा नं ५ भण्डारा निवासी लामा राप्ती नगरपालिकाका संस्थापक उपमेयर हुन । नेकपा एमालेका इमान्दार नेता लामा यस अघि लुम्विनी विकास काेषकाे कार्यकारी निर्देशक समेत भइसकेका छन् । नवनियुक्त लामाले भूमिहिन सुकुमबासी, भूमिहिन दलीत र अव्यस्थित बसाेवासीलाई लालपूर्जा वितरणकाे लागि परिणाम आउने गरि काम गर्ने बताए । सरकारले चितवन सहित ७० जिल्लामा भूमि समस्या समाधान आयाेगकाे अध्यक्ष नियुक्त गरेकाे हाे ।