नेकपा एमाले राप्तीद्वारा न्यानो कपडा वितरण

January 9, 2025 7:09 pm

पुस २५ गते । नेकपा एमाले राप्ती नगरपालिका वडा नं. ६ को आयोजनामा बिहिवार राष्ट्रिय आधारभुत विधालय पडरियामा न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरण गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा संसदीय दलका नेता, पुर्व मन्त्री जगन्नाथ थपलिया ज्युको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियो ।

कार्क्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, सदस्यहरु गोविन्द प्रसाद कडेल, श्यामलाल विक , प्रदेश विभागीय सदस्य जल्लु महत्तो थारु, राप्ती नगरकमिटी अध्यक्ष राजकुमार कडेल, जिल्ला कमिटी सदस्य एवं वडा नं ६ का इन्चार्ज उत्तम सेढाई, जिल्ला समन्वय समिति सदस्य गुनु विक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पुर्व मन्त्री जगन्नाथ थपलियाले सामाजिक कार्यमा नेकपा एमाले निरन्तर जोडिने बताउंदै राप्ती ६ मा बागमती प्रदेश सरकारबाट प्रसस्तै बजेट विनियोजन नेकपा एमालेको पहलमा भएको स्मरण गराए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै युवा नेता नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं वडा नं ६ का इन्चार्ज उत्तम सेढाईले विभिन्न समयमा पार्टीको समन्वयमा हुने यस्ता मनकारी मानवहीतका कार्यक्रमले नेकपा एमाले जनताको पार्टी भएको पुनर्पुष्टी गर्ने गरेको प्रसंग उल्लेख गर्दै प्रवासी मन्च पोल्याण्डका रूपक थापा र वडा कमिटी सदस्य धनराज चौधरीलाई सहयोगको लागी धन्यवाद व्यक्त गरे ।

राष्ट्रिय आधारभुत विद्यालय राप्ती-६, पडरियाका ११० जना विद्यार्थीहरूलाई अविभावकहरुको उपस्थितिॅा न्यानो कपडा स्विटर तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेकपा एमाले राप्ती ६ का अध्यक्ष शिवनारायण चौधरीले गरेका थिए भने कार्यक्रम संचालन युवा नेता अनेरास्ववियु बागमती प्रदेश कमिटीका सदस्य सुजन थापा काजीले गरेका थिए ।