
२४ पुस, काठमाडौं । पछिल्लो समय व्याटिङमा लगातार खराब प्रदर्शन गर्दै आएका नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलमा नेपाल पुलिस र मधेश प्रदेशबीच अहिले खेल भइरहेको छ ।
मधेश पहिलो इनिङमा अलआउट भएपछि आफ्नो पहिलो इनिङ सुरू गरेको पुलिसका लागि ओपनर कुशल भुर्तेलले उनले ५६ बलमा ७ चौका प्रहार गरेका छन् । पुलिसले १७ ओभरमा बिना कुनै विकेटको क्षतिमा ८० रन बनाएको छ । क्रिजमा अर्का ओपनर दिलिप नाथ २६ रन बनाएर खेलिरहेका छन् ।
पछिल्लो समय व्याटिङ नचल्दा भुर्तेल ट्रोलको सिकार समेत बनेका थिए, यो अर्धसतकले उनीमा व्याटिङ तर्फ आत्मविश्वास फर्कने विश्वास गरिएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमा समेटिएको थियो ।
पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।