
दुबई । मिष्टर गुरुङले एण्ड रेस्क्यु टीमले युएइको विभिन्न क्षत्रहरूमा अलपत्र परेका एक दर्जन भन्दा बढी नेपाली पिडितहरुलाई उद्दार गरि नेपाल फर्काएको छ । कोहि कम्पनीले तलब नदिएका कोहि कम्पनि पत्ता नलगाएर बाहिर बसेका त कोहि भिजिटमा आएर काम नपाई अलपत्र परेकाहरुलाई टीमले उद्दार गरेको हो ।
नुवाकोट, सिराहा,सप्तरी, पर्सा, काभ्रे लगायत जिल्लाहरूबाट विभिन्न कंपनी र कामको लागि आएका उनीहरुले दुबईमा रेस्क्यू टीमको बारेमा जानकारी भएको र संपर्क गरी आएको बताए। कम्पनीले अब काम बन्द भयो तिमीहरू जाऊ भनेको र आफूहरुलाई सारजहाको एक सडकमा छोडेपछि टीमले उद्धार गरी नेपाल फर्काएको उनीहरुले बताएका हुन् ।
सरजाहबाट ११ जनाको एक टोली, आबुधाबीबाट ३ जना , दुबईमा जम्मा भएका करिव दर्जन जतिलाई उद्धार गरी नेपाल फर्काएको टीमले उद्धार न्यूजलाई जानकारी गराएको हो । कम्पनीले खान र बस्न नदिए पछि एक टोलीलाई ५५० दिराम दिएको , पिडितको काम नभएसम्म खान र बस्न दिएको पिडितहरुलाई नेपाल फर्कने बेला एअरपोर्टमा बताए। जतिपनि नेपालीहरु नेपालबाट आउँदा बुझेर दलालहरुको फन्दामा नपरी आउन मिष्टर गुरुङले सुझाव दिए । आफू के कामको लागि कुन कम्पनीमा आएको सम्झौता राम्रोसँग हेरेर मात्र आउन उनको आग्रह छ ।
हाल दैनिक जसो टिमलाई उद्धार गर्नको लागि फोन आउने गरेको गुरुङले बताए । पीडित बनाउने मेनपावर देखि यहाको दलालसम्मलाई टीमले चेतावनी दिँदै आएको छ । पिडितहरुलाई आवाश्यक कागजपत्र तयार नभएसम्म खान र बस्नको व्यवस्था गर्दै आएको छ भने कानुनी प्रक्रिया पूरा गरेर नेपाल फर्काउदा टीमले पिडितहरुलाई यहाको अध्यागमन सम्म आफ्नै यातायातमा राखेर विदाई गर्दै आएको छ । त्यस्तै पिडितहरुलाई नेपालको एअरपोर्टबाट पनि घरसम्म पुग्न सहयोग गर्दै आएको छ ।