क्षयरोग संक्रमित रत्ननगरका पाण्डेलाई एमालेद्वारा खाद्यान्न सहयोग

December 28, 2024 10:47 am

रत्ननगर, पुष १३ ।

रत्ननगर वडा नम्बर १ का क्षयरोग संक्रमित मोहन पाण्डेलाई खाद्यान्न सहयोग गरिएको छ । एमाले रत्ननगर वडा नम्बर १ कमिटिले शनिबार पाण्डेको निवासमै पुगेर खाद्यान्न सहयोग गरेको हो ।

खाद्यान्नमा चामल, दाल, आलु,तेल,चिनी,अण्डा लगायतका सामग्री सहयोग गरिएको वडा कमिटिका कार्यवाहक अध्यक्ष तुलसी गिरीले बताए । पार्टीमा रहेर काम गरिरहेका सदस्यहरुबाट प्राप्त सहयोग एमालेका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सांसद जे एन थपलियाद्वारा पाण्डेलाई हस्तान्तरण गरिएको गिरीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सांसद थपलियाले एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकोले जनताको दुःखमा पार्टीले सहयोग गर्दै आइरहेको बताए । उनले बिरामी पाण्डेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

खाद्यान सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला अध्यक्ष कमल पाठक, जिल्ला उपसचिव ज्वाला पुरी वन,नगर इन्चार्ज टिका पौडेल, नगर अध्यक्ष इश्वरी अर्याल, जिल्ला कमिटी सदस्य तथा वडा कमिटी १ इन्चार्ज पुष्प जोशी,जिल्ला कमिटी सदस्य प्रताप डल्लाकोटी, अनेमसंघ नगर अध्यक्ष चन्द्रिका केसी, राष्ट्रिय स्वास्थकर्मी संघ रत्ननगर अध्यक्ष परमात्मा रेग्मी लगायतको उपस्थिती रहेको थियो ।