आकृति बचतको साधारण सभा : ५ विद्यामा १६ जना सम्मानित

December 6, 2024 5:22 pm

रत्ननगर, मंसिर २१ ।

आकृति महिला बचत तथा ऋण सहकारी संस्था लि. को शुक्रबार १३ औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर वडा नम्बर १२ मा रहेको संस्थाको साधारण सभा प्रमुख अतिथी सहकारी महासंघ कार्यसमिति सदस्य पार्वती न्यौपानेले उद्घाटन गरेकी हुन् ।

साधारण सभामा ५ विद्यामा १६ जनालाई सम्मान गरिएको संस्थाकी अध्यक्ष दुर्गा पाण्डेले जानकारी दिइन् । सम्मानित हुनेहरुमा असल ऋणीतर्फ नाटी महतो,अनिता राइ,सुनिता महतो,प्रमिला तामाङ्ग ,धन कुमारी भुजेल,हिरा गुरुङ्ग,संगिता तामाङ्ग,मनिता श्रेष्ठ,विना तामाङ्ग,फेन्सु तामाङ्ग र बिन्दु माया कुमारी रहेका छन् ।

कार्यक्रममा सरिष्मा पाण्डे र नम्रता कुमाललाई उत्कृष्ठ बाल बचतकर्ता सम्मान, रिता कुमार राईलाई उत्कृष्ठ बचतकर्ताको सम्मान प्रदान गरिएको थियो । जेष्ठ नागरिकको सम्मान बिहिसारा थापा मगर र अस्मिता महतो कुमाललाई उत्कृष्ठ संयोजकको सम्मान प्रदान गरिएको थियो ।

साधारण सभामा सचिव सुनिता दराईले कार्य प्रगति तथा आगामी कार्य योजना प्रतिवेदन ,मुना पूर्कटीले लेखा समितीका प्रतिवेदन,कोषाध्यक्ष विष्णु माया श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिइन् । कार्यक्रममा महिला समुहकी सदस्य मसिना श्रेष्ठले सफलताको कथा र अनुभव प्रस्तुती गरेकी थिइन् ।

कार्यक्रममा वडा नम्बर १२ की संस्थापक सदस्य निर्मला खड्का, राष्ट्रिय सहकारी बैंक लिमिटेडका नरेस कामती, जिल्ला बचत तथा ऋण सहकारी संस्था का सह सचिव ऋतु गिरी, आकृति बचतकी संस्थापक अध्यक्ष फुल कुमारी लामा, लुमन्तीका कार्यक्षेत्र संयोजक शिंह बहादुर वाईवा तामाङ्ग, नेपाल बसोबास बस्ती संरक्षण समाजका नगर अध्यक्ष दिल बहादुर लामा लगायतको सहभागिता रहेको थियो ।