रत्ननगर तेस्रो मेयर कप : हैटाैडा उपमहानगर  सेमिफाइनलमा प्रवेश 

November 26, 2024 5:45 pm

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा हेटाैडा उपमहानगर सेमिफाइनलमा प्रवेश गरेकाे छ। मंगलबार भएकाे दाेस्राे क्वाटर फाइनल खेलमा भरतपुर महानगरलाई पराजित गर्दै‌ हेटाैडा उपमहानगर सेमिफाइनलमा प्रवेश गरेकाे हाे। निर्धारित समयमा दुबै टिमबाट १/१ काे बराबरी भएपछि ट्राइब्रेकरमा हेटाैडाले भरतपुरलाई ९-८ गाेल अन्तरले पराजित गरेकाे हाे । प्रतियाेगितामा हेटाैडाका राेशन दाेङ म्यान अफ दी म्याच घाेषित भएका छन् ।

भाेली बुधवार राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बीच फाइनलन प्रवेशका लागि खेल हुनेछ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । नेपाल माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा चितवनका सात, कमवानपुरका दुई र नवलपरासीकाे एउटा पालिका १० वटा टिमले सहभागिता जनाएकाे खेलकुल विकास समितिका संयोजक चौधरीले जानकारी दिए ।

खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितिय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई  २ हजार ५०० र प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उनले जानकारी दिए ।