काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाल–भारत सम्बन्ध तनावग्रस्त भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई सन्तुलनमा राख्न नसक्दा नेपाल–भारत सम्बन्ध खतरामा रहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई ‘चीन कार्ड’को संज्ञा दिएका छन् । द हिन्दूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ओलीले ‘चीन कार्ड’ खेलेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणले भारतसँगको सीमा विवाद फेरि चर्किने बताए ।
विपक्षी दलका नेता समेत रहेका प्रचण्डले आफ्नो १८ महिनाको कार्यकालमा भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताए ।