चितवन : नेपाल चिकित्सक संघ (एनएमए) केन्द्रीय समितिको आयोजनामा चितवनमा भोलिदेखि प्रथम एनएमए स्पोर्टस फेस्ट हुने भएको छ । दुई दिनसम्म हुने प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
संघका महासचिव डा. सन्जिव तिवारीले प्रतियोगितामा क्रिक्सल, फुटसल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस र पौडी प्रतियोगिता हुने जानकारी दिनुभयो । प्रतियोगिताको आयोजना गरेर देशभरका युवा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई व्यस्त दिनचर्याबाट केही राहत महसुस गराउन र मनोरञ्जनका लागि प्रोत्साहित गर्न सकिएको भन्दै उहाँले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको कार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्यकौशलतामा सकारात्मक प्रभाव पर्ने संघको ठहर रहेको बताउनुभयो ।
संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले चिकित्सक स्वास्थ्यकर्मी काममा धेरै व्यस्त हुने र अतिरिक्त क्रियाकलाप कम गर्ने भन्दै युवा चिकित्सकहरुलाई लक्षित गरी कार्यक्रम ल्याईएको बताउनुभयो । प्रतियोगितामा समूहगत र व्यक्तिगत रुपमा समेत सहभागी हुन धेरैले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
देशैभरीका चिकित्सकलाई दुर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई दिनसम्म हुने स्पोर्टस फेस्टमा सहभागी हुन उहाँले आव्हान समेत गर्नुभयो । उहाँले भन्नुभयो “स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सक, नर्स, प्राविधिक, पत्रकार लगायत सबैलाई कार्यक्रममा सहभागी भई खेलाडीलाई हौसला बढाउन म अनुरोध गर्दछु ।” प्रतियोगितामा सहभागी हुन देशभरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरु चितवन आउने क्रम शुरु भएको छ ।