
चितवन : चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।मंगलबार राति ९:३० बजेको समयमा राप्ती न.पा.९ ब्रह्मनगर स्थित सडक खण्डमा अमृतपानीबाट खुरखुरे तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२५ प ९८९७ नं.को मोटरसाइकल आफै अनियन्त्रीत भइ पल्टिएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक राप्ती न.पा.९ अमृतपानी बस्ने वर्ष २१ को अविक पुन रहेका छन् । उनको मुख, टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको छ । उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।मोटरसाइकल प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।