२७ कार्तिक, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले आफ्नो वडामा भएका कुकुर तथा बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । कुकुर तथा बिरालोको टोकाईका कारण वडाबासीहरुलाई रेबिज लगायत संक्रामक रोगहरु नलागोस भन्ने उद्धेश्यले भ्याक्सिन लगाउने कार्यक्रम सञ्चालन गर्न लागिएको वडाध्यक्ष अनन्त अधिकारीले जानकारी दिए ।
भोलि अर्थात कार्तिक २८ गते बुधबार देखी कुकुर तथा बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन लगाईने वडा सचिव सुर्यप्रसाद ढुंगानाले जानकारी दिएका छन् । वडामा रहेका हरेक टोल विकास संस्थाका पदाधिकारी तथा स्थानियहरुले उक्त कार्यक्रममा समन्वय गरिदिन समेत सचिव ढुंगानाले आग्रह गरेका छन् ।